स्वस्तिमा र साम्राज्ञीप्रति अनमोलको कटाक्ष : ‘अनादर गर्नेलाई पनि सम्मान गर्नोस्’
काठमाडौँ । अभिनेता अनमोल केसीले आफूलाई अनादर गर्नेलाई पनि सम्मान दिनुपर्ने बताएका छन् । उनले एक टेलिभिजनमा अभिनेत्री द्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो व्यक्तिगत जीवन माथि गरेको टिप्पणीका विषयमा घुमाउरो शैलीमा मुख खोलेका हुन् ।
उनले साम्राज्ञी, स्वस्तिमा र कार्यक्रम सञ्चालिका ओसिन सिटौलाको तस्बिर राख्दै लेखेका छन्, ‘यदि तिनीहरूले तपाइलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस् । यदि, तिनीहरूले तपाइलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् ।’ भन्छन्, ‘अरूको कार्यका कारण तपाईँको राम्रो बानीलाई कम गर्न नदिनुहोस् ।’ आफूले आफूलाई नै प्रतिनिधित्व गर्ने धारणा समेत राखेका उनले सबैलाई सम्मान गर्न समेत आग्रह गरेका छन् ।
साम्राज्ञी, स्वस्तिमा र ओसिनले अनमोल र जसिता गुरुङको नितान्त व्यक्तिगत कुरालाई राष्ट्रिय टेलिभिजनमा बोलेका थिए । सोही कारण अहिले सामाजिक सञ्जालमा साम्राज्ञी, स्वस्तिमा र ओसिनको चर्को आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण