स्वस्तिमा र साम्राज्ञीप्रति अनमोलको कटाक्ष : ‘अनादर गर्नेलाई पनि सम्मान गर्नोस्’

काठमाडौँ । अभिनेता अनमोल केसीले आफूलाई अनादर गर्नेलाई पनि सम्मान दिनुपर्ने बताएका छन् । उनले एक टेलिभिजनमा अभिनेत्री द्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो व्यक्तिगत जीवन माथि गरेको टिप्पणीका विषयमा घुमाउरो शैलीमा मुख खोलेका हुन् ।
उनले साम्राज्ञी, स्वस्तिमा र कार्यक्रम सञ्चालिका ओसिन सिटौलाको तस्बिर राख्दै लेखेका छन्, ‘यदि तिनीहरूले तपाइलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस् । यदि, तिनीहरूले तपाइलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् ।’ भन्छन्, ‘अरूको कार्यका कारण तपाईँको राम्रो बानीलाई कम गर्न नदिनुहोस् ।’ आफूले आफूलाई नै प्रतिनिधित्व गर्ने धारणा समेत राखेका उनले सबैलाई सम्मान गर्न समेत आग्रह गरेका छन् ।
साम्राज्ञी, स्वस्तिमा र ओसिनले अनमोल र जसिता गुरुङको नितान्त व्यक्तिगत कुरालाई राष्ट्रिय टेलिभिजनमा बोलेका थिए । सोही कारण अहिले सामाजिक सञ्जालमा साम्राज्ञी, स्वस्तिमा र ओसिनको चर्को आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
-
स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान