समाचार
लगानी सहजीकरण विधेयकमाथि कांग्रेसले छलफल गर्दै
बुधबार, १२ असार २०८१, ११ : ४१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने लागेको हो ।
उक्त कार्यक्रमको कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले कार्यक्रमको सहजीकरण गर्ने दलको कार्यालयले जनाएको छ ।
छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी, ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नो राय राख्ने छन् ।
कांग्रेसले आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई छलफलमा अनिवार्य उपस्थिति हुन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना