‘इट्स माई शो’ विवादमा बोलिन् अश्मि : निराधार तथ्य राख्नु नैतिकता विपरीत
काठमाडौँ । पूर्व मिस नेपाल तथा मोडल अश्मि श्रेष्ठले टेलिभिजन शो ‘इट्स माई शो’मा आफ्नो विषयमा आएका कुरा सत्यता नरहेको बताएकी छन् । शोमा आफ्नो विषय अनावश्यक विवाद निम्त्याउने उद्देश्यले फ्याँकिएको सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेकी छन् ।
‘अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्छु’, उनी अगाडि भन्छिन्, ‘प्रश्न सिधै सरोकारवाललाई सोधेको भए हुन्थ्यो ।’ निराधार तथ्य प्रस्तुत गर्नु र निश्चित तरिकाले बोल्न शोमा दबाब सिर्जना गर्नु नैतिकता विपरीत रहेको समेत उनको धारणा छ ।
कार्यक्रममा होष्टले नै विवाद निम्त्याएको उनको आरोप छ । भन्छिन्, ‘म पनि एक होस्ट भएकोले मलाई थाहा छ सम्पूर्ण कार्यक्रमको फ्रेमिङमा होस्टले कति ठुलो भूमिका खेल्छ । उनले चाहेको भए शोमा नियन्त्रण हुन सक्थ्यो ।’
अहिले आफू व्यवसायमा व्यस्त समेत रहेको बताएकी श्रेष्ठले यस्ता विषयबाट आफू बिचलिन नहुने समेत बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण