पहिरोका कारण विभिन्न स्थानका सडक अवरुद्ध
काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध बन्न पुगेका छन् । बुधबार बिहान पहिरो जाँदा जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीका सडक अबरुद्ध भएका हुन् ।
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित डोल्पा–जाजरकोट सडक खण्ड, कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीस्थित कर्णाली राजमार्ग, लमजुङको बेसीशहर नगरपालिका–६ खरखरेस्थित बेसीशहर–मनाङ सडक खण्ड अबरुद्ध बनेको छ।
यस्तै अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरस्थित साँफे–मार्तडी सडक खण्ड र म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरीरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै विभिन्न स्थानका ग्रामीण सडकहरु पनि वर्षासँगै अबरुद्ध बनेको खबर प्राप्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण