औषधि उद्योगको अनुगमनका लागि समिति गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधी उद्योगको अनुगमनका लागि समिति गठन गरेको छ ।
मन्त्रालयले औषधि उद्योग, फार्मेसी एवं औषधिसँग सम्बन्धित निकायहरूको सञ्चालनको अवस्था, सेवाप्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्ड, औषधिको गुणस्तर, समस्या र चुनौती लगायतका विषयमा स्थलगत अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नका सो समिति गठन गरेको हो ।
समितिको संयोजकमा अतिरिक्त सचिवज्यू डा. विकास देवकोटा रहेका छन् । यस्तै सदस्यहरूमा औषधि व्यवस्था विभागका महानिर्देशक, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालयको कार्यालय प्रमुख र सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण