‘लम्फू’को नयाँ गीतमा किन अटाइनन् तरकारीवाली
काठमाडौं – २८ बैशाखबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘लम्फू’को नयाँ गीत ‘तिमीलाई भुलेर..’ सार्वजनिक गरिएको छ । कबिर खड्का र मरिष्का पोखरेलको अभिनय रहेको यो गीतमा प्रमोद खरेलको स्वरमा र अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाको शब्द रहेको छ । तरकारीवाली कुशुम श्रेष्ठको समेत अभिनय रहेको ‘लम्फु’ चलचित्रको यो गीतमा भने उनी अटाएकी छैनन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतले वियोग बोल्छ ।
गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फु’ले मिलन, वियोग, समाज, साथीको साथ र परिवारको कथा प्रस्तुत गरेको छ । चलचित्रका यस अगाडी दुई गीत र ट्रेलर आएको थियो । यी सबैमा कुशुमलाई देख्न सकित्थ्यो ।
चलचित्रमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आर्यन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
तरकारीवालीको नामले संसारभर चिनिएकी कुशुम श्रेष्ठले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको लम्फु भूपतिको लेखन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण