हिंसात्मक प्रदर्शनपछि झुक्यो केन्याको सरकार, विवादित विधेयक फिर्ता
नैरोबी । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार अन्ततः झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो।
केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिएका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयक नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।’
केन्यामा सरकारको नयाँ वित्तीय विधेयकलाई लिएर विवाद भएको थियो । धेरै दिनसम्म विरोध प्रदर्शनहरू भएका थिए । संसद्बाट पारित हुनेबित्तिकै आन्दोलनले हिंसात्मक रूप लियो।
गत मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठुलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताएका छन् ।
विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रूप लियो र आन्दोलनकारी संसद्मा प्रवेश गरी आगजनी समेत गरेका थिए । सुरुमा राष्ट्रपति रुटोले यी विरोध प्रदर्शनलाई कडाइका साथ सामना गरिरहेको देखिन्थ्यो ।
आन्दोलनकारीलाई रोक्न सेनासमेत परिचालन गरिएको थियो । तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण