चेक बाउन्स मामिलामा फसे राजपाल यादव, जेल जाने सम्भावना
नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसेका छन् । अभिनेता यादवलाई २९ मेमा दिल्लीको कडकडडूमा अदालतले २९ जुनभित्र १४ करोड भारु जम्मा गर्न आदेश दिएको थियो । यो आदेश पालना नभएमा राजपाल जेल जान सक्नेछन् । राजपालले यस विषयमा अहिले कुनै प्रतिक्रिया दिएका छैनन् ।
राजपालले सन् २०१० मा ‘आता पता लपता’ फिल्म बनाउन आफूसँग ५ करोड भारु ब्याजमा लगेको मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडका निर्देशक उद्योगी माधौगोपाल अग्रवालले बताएका छन् । ब्याजसहित सो कर्जा १० करोड भारु पुगिसकेपछि उनले अभिनेतासँग आफ्नो पैसा फिर्ता मागे ।
बारम्बार पैसा मागेपछि राजपालले पनि उनलाई ५ करोड भारुको चेक दिए । तर यो चेक बाउन्स भएपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्यो । यस मामिलामा राजपाल जेल पनि गएका थिए । मे २९ मा दिल्लीको कडकडडुमा अदालतले राजपाललाई ३० दिनभित्र करिब १४ करोड रुपैयाँ बुझाउन आदेश दिएको छ ।
रकम नतिरे राजपाललाई तीन महिना जेल चलान गर्न अदालतले आदेश दिएको छ । अहिलेसम्म आफूले पैसा न पाएको माधौगोपालले बताएका छन् । राजपालले माधौगोपाललाई सिधै पैसा दिन सक्छन् वा अदालतमा डिमान्ड ड्राफ्ट पेस गर्ने विकल्प पनि उनी सामु छ । यस विषयमा यादवसँग सोध्दा उनले समय आएपछि जवाफ दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण