संसद्को ढोकाबाट फर्काइएपछि सांसद देवकोटाले भने, ‘के कारण हो थाहा छैन’
पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई माओवादीको ह्विप विरुद्ध गएर मत दिएपछि माओवादीले गण्डकीका सांसद फणीन्द्र देवकोटालाई जेठ ३२ गते सांसद पदबाट कारबाही गरिदियो । देवकोटाले जेठ २८ गते पाण्डेलाई फ्लोर क्रस गरेर मतदान गरेका थिए ।
माओवादीले कारबाही गरेको पत्र सभामुख कृष्ण धितालले संसद् बैठकमा जानकारी गराए । त्यसपछि उनको पद गयो । तर देवकोटा माओवादीले आफूलाई कारबाही गर्न नमिल्ने र सभामुखले उक्त पत्र वाचन गर्न नमिल्ने भन्दै सर्वोच्च गए । सर्वोच्चले पनि माओवादीले कारबाही गर्ने कानुनी आधार नभएको भन्दै सांसदकै रूपमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गर्यो ।
१० गते उक्त आदेश आएपछि आदेशको पत्र बुधबार संसद् सचिवालयमा दर्ता समेत भैसकेको छ । तर देवकोटालाई बिहीबारको संसद् बैठकमा प्रवेश गर्न दिइएन । ‘आदेशको पत्र हिजो प्रदेशसभामा दर्ता भयो । म आज आएर सभामुखलाई भेटघाट गरेँ, मुख्यमन्त्रीलाई भेटघाट गरेँ । मलाई आजैबाट संसदमा सांसदको रूपमा भाग लिने वातावरण बनाउनुस् भनेपछि प्रदेशसभामा जान खोज्दा मर्यादापालकले एक छिन रोकिनुस् आदेश छ भन्नुभयो,’ उनले भने ।
संसद् प्रवेशमा रोक्नुको कारण आफूलाई थाहा नभएको उनको भनाइ छ । ‘अन्तरिम आदेश आएपछि मेरो पद बहाली भएको छ । मैले बुझेको त्यही हो । त्यही आधारमा संसद् सभामा म सहभागी हुनुपर्ने हो,’ उनले अघि भने, ‘अरू प्रक्रिया छ कि म पनि बुझ्दै छु । सबै कुराको प्रतीक्षामा छु । तर आज संसद् छिर्न किन रोकियो मलाई पनि थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण