प्राचीन सम्पदालाई मौलिक रूपमा संरक्षण गर्नुपर्छ : मन्त्री बज्राचार्य
हेटौँडा । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले डन्डी सिमेन्टको प्रयोग गरेर मन्दिर निर्माण गर्न नहुने बताएका छन् । डन्डी सिमेन्टको प्रयोगले सांस्कृतिक सम्पदाहरूको आयु कमजोर हुने उनले बताए ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै उनले प्राचीन सम्पदालाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए । प्राचीन संस्कृतिको संरक्षणमा मौलिकता दिन नसके निश्चित समयपछि डोजर लगाएर भत्काउनु पर्ने अवस्था रहने उनको भनाई छ ।
‘मन्दिर तथा प्राचीन सम्पदा मौलिक विधि र कलाको प्रयोग गरेर प्राचीन सम्पदा निर्माण गर्नुपर्छ । डन्डी सिमेन्ट प्रयोग गरेर मन्दिर तथा सम्पदा निर्माण गर्नुहुँदैन । डन्डी सिमेन्ट प्रयोग गरिएका मन्दिरहरू सम्पदाहरू डोजर लगाएर भत्काउनुपर्ने अवस्था रहन्छ । प्राचीनता कायम नगर्दा विश्व सम्पदा सूचीमा समावेश गर्न पनि समस्या हुन्छ’ उनले भने ।
बजेट विनियोजन प्रणाली नै गलत हुँदा समस्या देखिएको उनले बताए । बजेट प्रणाली व्यवस्थित नहुँदा सङ्घीयता माथि नै प्रभाव परिरहेको उनको भनाई छ । बजेट प्रणालीलाई व्यवस्थित गर्न सके मात्र लोकतन्त्र र सङ्घीयता बलियो हुने मन्त्री बज्राचार्यले बताए । सबै दलहरू मिलेर बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्नुपर्ने उनले बताए ।
मन्त्रालयले सहकारी समस्या समाधानका लागि कार्यालय नै स्थापना गरेर काम गरिरहेको उनले बताए । उनका अनुसार मन्त्रालयले बजेटमा नै व्यवस्था गरेर सहकारी समस्या समाधान गर्ने र नागरिकहरूको बचत फिर्ता गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण