कोपा अमेरिका : घरेलु टोली अमेरिका पानामासँग पराजित
काठमाडौँ । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार बिहान सकिएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ ।
जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो ।
१० खेलाडीमा समेटिए पनि अमेरिकाले २२ औँ मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामका सिसर ब्ल्याकम्यानले २६ औँ मिनेटमा बराबरी गोल गरेका थिए । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३ औँ मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो ।
८८ औँ मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो ३ अङ्क जोडेको छ ।
समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अङ्कका साथ दोस्रो स्थानमा छ । यही समूहमा उरुग्वे पनि तीन अङ्कका साथ शीर्ष स्थानमा रहँदा बोलिभियाभने अङ्कविहीन हुँदै तालिकाको पुच्छारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण