अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पु-याउनुपर्ने बताए ।
घिमिरेले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रूपमा विकास गर्नुपर्ने बताए । उनले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भई प्राकृतिक श्रोत साधनहरूको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताए ।
उनले अहिलेको समयानुसारको पाठ्यक्रमहरू निर्माण गरी दक्ष शिक्षकहरूबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए । सभामुख घिमिरेले शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसावबाट अघि बढ्न जरुरी रहेको पनि बताए ।
सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण