बीपी र मदनको नाममा बजेट नदिँदा कांग्रेस–एमालेले नगरसभा बैठक रोके : मेयर शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् ।
शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए । ‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले लेखेका छन् ।
स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान धेरै देखेको मेयर शाहको आरोप छ । ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण