मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्यो : उपमहासचिव ज्ञवाली
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन एमाले महासचिव स्व मदन भण्डारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनले पञ्चायत ढलेको स्मरण गरेका छन् ।
मध्यपुरथिमिमा आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार अलाइन्स) ले स्व मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको मानव अधिकार र बहुदलीय जनवाद विषयक अन्तरसम्वादमा उहाँले मदन भण्डारीको देशप्रतिको योगदान असाध्यै फराकिलो रहेको चर्चा गरे । ज्ञवालीले देशमा जबसम्म नागरिकले आर्थिक अधिकार पाउँदैनन् तबसम्म देशमा आएको प्रजातन्त्र अधूरो रहने धारणा राखे ।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले देशको सार्वमौभ रक्षा र देशको मानव अधिकार रक्षाका सवालमा स्व मदन भण्डारी निकै अगाडि रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनलाई जीवित राख्न उनको बिचार उपलब्धिमूलक रहेको धारणा व्यक्त गरे ।
एमालेका भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, अलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले देशमा गणतन्त्र र मानव अधिकारको रक्षाका लागि सधैँ कटिबद्ध हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण