रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
रौतहट । रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।
गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताए । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।
दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण