पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै चन्दले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्टहरू सबै सहमत रहेको बताएका हुन् ।
उनले मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिस्ट पार्टीहरू रहेको जिकिर गरे । उनले सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको बताए ।
उनले भने, ‘मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भयो । त्यो कम्युनिस्ट पार्टीका सन्तानका रूपमा आज नेपालमा लाखौँ, लाख श्रमिक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो । पुष्पलालले दुई वटा प्रवृत्तिको विरुद्धमा निरन्तर सङ्घर्ष गर्नुभएको छ । त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ । खास गरी सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्ष यो दुई वटा सङ्घर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ । वैचारिक सङ्घर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ । पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण