बर्दियामा चितुवा नियन्त्रणमा लिइयो
गुलरिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको टोलीले पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो ।
शङ्कर बस्तीमा खसी, बाख्रा, कुकुरलगायतका घरपालुवा जनावर मारेपछि केजमा फसाएर चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिएका छन् ।
वयस्क भाले चितुवा व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । स्थानीयले गाउँमा चितुवाले जनावर मारेको सूचना दिएपछि क्यामरा ट्र्याप गरी अनुगमनका क्रममा चितुवा देखिएपछि नियन्त्रण गरिएको उनले बताए ।
केज राखेको दुई दिनमा चितुवा फसेको हो । स्थानीयले अर्को पनि जोडी चितुवा रहेको वन कार्यालयलाई सूचना दिएका छन् । त्यसलाई पनि अनुगमन गरी पुनः नियन्त्रणमा लिइने वन कार्यालयले जनाएको छ । वन्यजन्तु नियन्त्रणमा लिएपछि व्यवस्थापनमा चुनौती रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण