पत्रकार रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’
काठमाडौँ । ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा शनिबार पत्रकार रिसाललाई अवार्ड प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । सो अवसरमा विविध क्षेत्रमा कलम चलाउँदै आएका ७ जना पत्रकारलाई पुरस्कृत गरियो ।
जसअनुसार स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासतर्फ अमर सुनार, खानेपानी तथा सरसफाइतर्फ तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग रोकथाम तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टङ्क पन्तलाई ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरिएको हो । पुरस्कृत हुनेले जनही रु ५१ हजार प्राप्त गरेका छन् ।
रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजु, अवार्ड समितिका निमित्त अध्यक्ष वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा पुरस्कार वितरण गरिएको थियो ।
उक्त पुरस्कारका लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को संस्थापक समेत रहेका सुरेश आचार्यले स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा १ लाख १ हजार रुपैयाँ कोषमा प्रदान गरेका थिए । सोही
कमबाट ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको आचार्यले बताए । उक्त पुरस्कार यसै वर्षदेखि हरेक दुई वर्षमा प्रदान गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण