भानु जयन्तीमा खुला कविता र रामायणवाचन प्रतियोगिता हुने
दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा जन्मभूमि तनहुँको भानुमा खुला कविता, विद्यालयस्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु जयन्तीका अवसरमा असार २८ गते भानु नगरपालिका–४ चुँदीरम्घामा खुला कविता र रामायणवाचन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले असार २६ गतेभित्र कार्यालय वा इमेलमा कविता पठाउनुपर्ने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।
खुला कविता प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने दुई जनालाई जनही रु एक हजार पाँच सय प्रदान गरिने रानाभाटले जानकारी दिए ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ ।
रामायण वाचनमा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ ।
भानु जयन्तीका अवसरमा असार २७ गते स्थानीय मठ मन्दिरमा पूजाअर्चना, यही असार २८ गते खुल्ला कविता, विद्यालय स्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुनेछ । असार २९ गते बिहान ७ बजे बाजागाजासहित समितिको कार्यालयबाट भानु प्रतिमास्थल रम्घासम्म प्रभातफेरी, भानु प्रतिमामा पूजाअर्चना, ११ बजेदेखि चुँदीरम्घामा विभिन्न झाँकी प्रदर्शन, कविगोष्ठी, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम हुनेछ ।
भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।
मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण