डेनमार्कलाई हराउँदै जर्मनी युरोकपको क्वाटरफाइनलमा
काठमाडौं । आयोजक राष्ट्र जर्मनी युरो २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार रातिभएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थानपक्का गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज र जमाल मुसेएलाले एक एकगोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो । जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्कका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चितगर्दै पेनाल्टी दिइएको थियो ।
सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए । ६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो ।
त्यसपछि थप गोल नभएपछि अन्ततःजर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थानपक्का गर्न सफल भयो । जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण