प्रिन्ट मिडिया सङ्कटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन : अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको प्रिन्ट मिडिया सङ्कटमा रहेको बताएका छन् ।
आइतबार प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा ‘युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको प्रिन्ट मिडिया सङ्कटमा रहेको बताउँदै मिडिया हाउसको व्यवस्थापन र सम्पादकीय नेतृत्वले त्यही अनुसारको रणनीति अपनाउनुपर्ने बताए ।
उनले भने, ‘नेपाली पत्रकारितामा सङ्क्रमणकाल छ । फेरि त्यो सङ्क्रमण पनि हाम्रै हातमा छ । सङ्कट र अवसर सँगै छन् । हामीले प्रिन्ट मिडियामा सङ्कट छ भनेर हात बाँधेर बस्ने हो भने समस्या झन् ग्रस्त हुँदै जान्छ । अब यस सङ्कटलाई टार्नका लागि प्रिन्ट मिडियाका व्यवस्थापक र सम्पादकीय नेतृत्वले पनि त्यही अनुसारको रणनीति बनाएर अघि बढ्न आवश्यक छ । व्यवस्थापकीय रणनीति फेर्न जरुरी छ ।’
प्रविधिको आधुनिकीकरणसँगै मिडिया हाउसहरूलाई आफूलाई परिमार्जन गर्दै लग्नुपर्नेमा उनको जोड थियो । अध्यक्ष बस्नेतले युट्युबहितका न्यू मिडियाहरू समेत प्रेस काउन्सिलमा दर्ता गर्ने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै सबैले काउन्सिलको आचारसंहिता अवलम्बन गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘मिडियाका कन्टेन्ट आउने युट्युबसहितका न्यू मिडियाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । न्यू मिडियाहरू समेत प्रेस काउन्सिलमा दर्ता हुने प्रक्रिया बढिरहेको छ । त्यही भएर हामीले आचारसंहिता पालना गर्नु अति आवश्यक छ । हामी त फेसबुक हौँ, युट्युब हौँ भनेर जथाभाबी गर्न पाइँदैन । कुनै पनि मिडियालाई अहिले सामाजिक सञ्जाल नभई भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण