लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदैछ : उपेन्द्र यादव
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको लोकतन्त्र स्वेच्छाचारीतन्त्र मा बदलिँदै गएको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष यादवले स्वेच्छाचारीतन्त्र बढ्दा लोकतन्त्र बिस्तारै कमजोर बन्दै गएको पनि बताए । उनले शासकहरूका कारण राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय छवि पनि बिग्रिएको बताए ।
‘आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको छ’, उनले भने, ‘लोकतन्त्रको खतरा बाहिरबाट नभएर हामी भित्रैबाट भएको छ ।’ उनले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको पनि बताए । ‘लोकतन्त्र जनताको शासन हो तर दलतन्त्र, नेतातन्त्र र स्वेच्छाचारीतन्त्रमा बदलिँदै छ’, अध्यक्ष यादवले भने, ‘लोकतन्त्र समाप्त हुने खतरालाई जोगाउन जस्तै पचाउन पनि भूमिका खेल्नुपर्छ ।’
अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन गर्ने बेला भएको भन्दै त्यसो नगरे मुलुकलाई गति दिन नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण