पत्रकारप्रति मनाङेको टिप्पणी– यत्तिको इज्जत त ज्वाइँलाई पनि गरेको थिएनौ
पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पत्रकारप्रति लाञ्छनायुक्त टिप्पणी गरेका छन् । संसद् बैठकमा आफ्नो मन्त्रालयको बजेट र योजनाप्रति सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले पत्रकारले आफ्ना विरुद्ध जे पायो त्यही लेखेको आरोप लगाए ।
‘जता मनाङे त्यहीँ सरकार भनेर जोक बनाउँछ । यसरी लेख्दा त मनाङका मान्छे अनपढ छ, हामी पनि मन्त्री बन्न पाउँछ कि भन्ने सोच बनाएको छ । जहाँ मनाङे त्यहीँ सरकार होइन । सांसद भएर पो सरकार बनाएको हो,’ उनले भने, ‘पत्रकारले सरकार बनाउन सक्छ ? त्यो उहाँहरूले बुझ्नुपर्छ । पत्रकारलाई सम्बोधन गरेन भन्छ । यो भन्दा के गर्ने हो ? हाम्रै बारेमा जे पायो त्यही लेखिरहेको हुन्छ । फेरि हामीले उनीहरूलाई ख्वाइरहेको हुन्छौँ । यत्तिको इज्जत त ज्वाइँलाई पनि गरेको थिएनौँ । घर ज्वाइँ भन्दा पनि राम्रो गरेको छौँ । यो भन्दा के गर्ने हो ?’
उनले बजेट नपुगेको भनेर सांसदले गरेको गुनासोमा आफुसँग बाँड्ने बजेट नभएको बताए । ‘खाली बजेट मात्रै भन्नुहुन्छ । अब घरखेत राखेर दिऊँ भने चुनावमा सकियो,’ उनले भने ।
मनाङेले गण्डकीमा बहुवर्षे योजनाको चाप बढ्दै गएको बताए । ‘पृथ्वीसुब्बा गुरुङले सुरुमा वहुवर्षे योजना हाल्नुभयो । कसले पैसा तिर्छ थाहा छैन । त्यसपछि कृष्णचन्द्र नेपालीले बहुवर्षे योजना हाल्नुभयो । खगराज अधिकारीले पनि राम्रै बहुवर्षे योजना हाल्नुभयो । अहिले कांग्रेसको सरकार छ । हालिरहेको छ । यो पैसा कसले तिर्ने ?,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण