देउवा र ओलीबिच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् ।
उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको जिकिर गरे । उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए ।
उनले भने, ‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठुला दल नेपाली कांग्रेस तथा नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठुला दलहरूका बिच संवाद र सहकार्य आवश्यक छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठुला दलहरू बिचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण