विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको जानकारी दिएको छ । नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ समेतका प्रतिनिधि रहेको विज्ञ टोलीको प्रतिवेदनबाट यो तथ्य खुलेको हो ।
प्रतिवेदन अनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुने ब्युरोको भनाई छ ।
ब्युरोले सोमबार अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्ते थप अनुसन्धान सम्बन्धमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा २०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु भएको ब्युरोले बतायो ।
अनुसन्धानको क्रममा ब्रेक सुमा लुकाई छिपाई ल्याएको अवैध सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएकोले सोही अनुसार ३ अर्ब ५० करोड ०२ लाख १६ हजार ५५२ रुपैयाँ माग दाबी गरी सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा २२ एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अनुसन्धान गर्ने गरी मिति २०८०।०५।३१ गते अभियोग पत्र दायर भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण