वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
बाँके । वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो ।
वन्यजन्तुको डरले बालबालिका त्रसित हुने गरेका कोहलपुर नगरपालिका– १३ स्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीले बताए । खुला विद्यालयलाई तारबार गरी सुरक्षित गर्न निकुञ्जलगायत सरोकारवाला निकायको उनले ध्यानाकर्षण गराए ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र १८ विद्यालय रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तु आक्रमणको जोखिम बढेको हो । विद्यालय समयमा विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका सहायक संरक्षण अधिकृत उमेश पौडेलले बताए । उनका अनुसार बालबालिकालाई वन संरक्षण र त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुवैले सचेत गराउनुपर्ने र जथाभाबी वनजङ्गल जान नहुनेबारे सचेत गराइएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको सुरक्षाका लागि स्थानीय सरकार र निकुञ्जले तारबार गर्नुपर्ने स्थानीयको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण