अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्ने बताएका छन् । सोमवार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक छ । यो वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी छ । अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ ।’
विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, ऊर्जा सुरक्षा, अन्तर्देशीय सङ्गठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौती थपिँदै गएको बताए ।
परराष्ट्र मन्त्री श्रेष्ठले भने, ‘विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्नुपर्छ । अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, ऊर्जा सुरक्षा, अन्तर्देशीय सङ्गठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौती थपिँदै गएको छ । यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आवश्यक छ ।’
यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक रहेको र यसलाई वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी रहेको उल्लेख गरे । उनले विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक रहेको पनि बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपालले आफ्नो राष्ट्र हितलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण