अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्ने बताएका छन् । सोमवार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक छ । यो वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी छ । अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ ।’
विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, ऊर्जा सुरक्षा, अन्तर्देशीय सङ्गठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौती थपिँदै गएको बताए ।
परराष्ट्र मन्त्री श्रेष्ठले भने, ‘विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्नुपर्छ । अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, ऊर्जा सुरक्षा, अन्तर्देशीय सङ्गठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौती थपिँदै गएको छ । यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आवश्यक छ ।’
यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक रहेको र यसलाई वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी रहेको उल्लेख गरे । उनले विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक रहेको पनि बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपालले आफ्नो राष्ट्र हितलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान
-
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची