इटहरीमा एमालेका जनप्रतिनिधिको कारण उपभोक्ताले करोडौँ भुक्तानी पाएनन् : मेयर पौडेल
इटहरी । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले एमाले जनप्रनिधीहरुको कारण उपभोक्ताहरुको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन् । सोमबार राखेको कार्यपालिका बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि मेयर पौडेलले यस्तो आरोप लगाएका हुन् ।
पाँच महिनादेखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधीहरुले बस्न नमान्दा उपभोक्ताहरुको करोडौँ रुपैयाँ भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ ।
गत असार १० गतेभित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यतामा पनि एमाले जनप्रतिनिधिहरुले असहयोग गरेको भन्दै इटहरीलाई बन्धक बनाउन खोजेको मेयर पौडेलले बताए । नगरपालिकासँग पैसा नभएर भुक्तानी नदिएको भनेर हल्ला फैल्याएको भन्दै नगरपालिकासँग पैसा भएर पनि कार्यपालिका नबस्दा भुक्तानी दिन नसकेको मेयर पौडेलको भनाई छ ।
सोमबार दिउँसो ३ बजेलाई तोकिएको कार्यपालिका बैठकमा एमालेले बहिष्कार गरे पनि कांग्रेसका ५ जना वडा अध्यक्षको उपस्थितिमा मेयर पौडेलले एमालेको असहयोग गरेको बताए ।
इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले बारम्बार एमाले प्रतिनिधिका अवरोधका कारण उपभोक्त्ताले भुक्तानी नपाएको गुनासो गरे । उपभोक्ताहरूले वडा घेर्ने अवस्था भएको भन्दै उपभोक्ताहरुलाई भुक्तानी दिन लाग्नु पर्ने बताए । इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उपभोक्ताहरूले भुक्तानी नपाउँदा समस्या भइरहेको भन्दै सबै एक जुट भएर भुक्तानी दिन सहमति जनाउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण