सरकारबारे निर्णय गर्न जसपा बैठक बस्दै
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने भएको छ । पार्टीले मंगलबार बिहान १० बजे बैठक बोलाएको हो ।
‘हामी अहिले सरकारमा नै छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कुरा पनि छ,’ पार्टीका उपमहासचिव प्रदीप यादवले भने, ‘१० बजे पार्टीको बैठक बोलाएका छौँ । त्यसपछि थप निर्णय लिन्छौँ ।’
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ ।
सहमतिसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।
यति बेला सबै दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण