सरकारबारे निर्णय गर्न जसपा बैठक बस्दै

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने भएको छ । पार्टीले मंगलबार बिहान १० बजे बैठक बोलाएको हो ।
‘हामी अहिले सरकारमा नै छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कुरा पनि छ,’ पार्टीका उपमहासचिव प्रदीप यादवले भने, ‘१० बजे पार्टीको बैठक बोलाएका छौँ । त्यसपछि थप निर्णय लिन्छौँ ।’
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ ।
सहमतिसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।
यति बेला सबै दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान
-
उद्योगमन्त्री चौधरीको राजीनामाबारे मुख्यमन्त्री शाह भन्छन् – हामी छलफलमै छौँ
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?