नयाँ सत्ता समीकरण
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म रास्वपाले सरकार नछाड्ने
मङ्गलबार, १८ असार २०८१, ०८ : ५४
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताकाे प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् ।
रास्वपा उच्च स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ । ‘प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न । नयाँ सरकार बनाउने कुरामा हामी सामेल छैनौँ," स्रोतले राताेपाटीसँग भन्याे ।
नेपाली कांग्रेससँग मिलेर आफ्नो पार्टीको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरू भने प्रचण्ड सरकारबाट राजीनामा दिने तयारीमा छन् ।
रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण