केन्यामा कर विरोधी आन्दोलन हिंसात्मक बन्दै, ३९ जनाको मृत्यु
नैरोबी । केन्यामा नयाँ कर वृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यस हिंसामा अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरूले नयाँ चरणको विरोध प्रदर्शनको लागि तयारी गरिरहेको भन्दै समाचारहरू आइरहेका छन् ।
केन्या राष्ट्रिय मानव अधिकार आयोगको रेकर्ड अनुसार राष्ट्रव्यापी कर कानुनको विरोध प्रदर्शनका क्रममा ३९ जनाको मृत्यु भएको छ र अन्य ३६१ जना घाइते भएका छन् ।
यसबाहेक ३२ वटा जबरजस्ती बेपत्ताका मुद्दा पनि दर्ता भएका छन् । यस क्रममा ६२७ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
- किन भइरहेछ हङ्गामा ?
केन्यामा सरकारले नयाँ कर लगाएपछि जनता निकै आक्रोशित भएका छन् । केन्या फाइनान्स बिल २०२४ यही मेमा पेस गरिएको थियो । जसमा पाउरोटी, क्यान्सरको उपचार, खाना पकाउने तेल, बालबालिकाको डायपरदेखि सेनेटरी प्याड, मोटर वाहन, सौर्य उपकरण र डिजिटल सेवा जस्ता उत्पादनहरूमा भारी कर लगाउने प्रस्ताव गरिएको छ । रोटीमा १६ प्रतिशत बिक्री कर, खाना पकाउने तेलमा २५ प्रतिशत कर, सवारी साधनमा २ दशमलव ५ प्रतिशत भ्याट र ३ प्रतिशत आयात शुल्क लगाउने प्रस्ताव गरिएको छ ।
- आक्रोशित भीडद्वारा संसद्मा आगजनी
केन्याको संसद्मा उपस्थित सबै सांसदले यो विधेयकको समर्थन गरेका छन् । सरकारी काम पूरा गर्न यो आवश्यक रहेको उनीहरूको भनाइ छ । राजस्व वृद्धिबाट हुने आम्दानीबाट सरकारले देशैभर सडक निर्माण गर्न र विद्यालयमा शिक्षक भर्ना गर्न सक्नेछ । किसानले मलमा अनुदान पाउनेछन् । यसले देशको ऋण घट्ने बताइएको छ ।
संसद्मा यो विधेयकबारे मतदान भयो, जसमा १९५ मध्ये १०६ सांसदले यसको पक्षमा मतदान गरेका थिए । विधेयक पारित भएपछि पूरै क्षेत्रमा प्रदर्शन सुरु भएको थियो । सांसदहरू सदनभित्र यस विधेयकमाथि छलफल गरिरहेको समयमा आक्रोशित भीडले संसद्मा आगजनी गरेको थियो । त्यसपछि सांसदहरूलाई संसद् भवनबाट सकुशल बाहिर निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण