शिक्षा मन्त्रालयले सुरु गर्यो ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्गनिर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ।
छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकै ठाउँबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ।
जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेसा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हुन्छ। यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेसाबारे थाहा दिन मद्दत गर्नेछ। विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका असल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न मिल्नेछ।
वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई करियर असेसमेन्टमार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा पेसा र रोजगारीका लागि जानकारी पाइने E-learning का स्रोतहरू पनि राखिएको छ।
यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले आफै सञ्चालन गरेर ८ एपिसोडमा विभिन्न पेसाका मानिसहरूमार्फत ती पेसाका सम्भावना र चुनौतीबारे बहस पनि गर्नुभएको थियो। ती सबै युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ।
वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम लागु गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण