भारत लान लागिएका ९ गाईसहित तस्कर प्रहरीको नियन्त्रणमा
बुधबार, १९ असार २०८१, ०९ : ०४
रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत रौतहटबाट भारत तर्फ लागिरहेको ९ थान गाईसहित एकजना तस्करलाई पक्राउ गरेको छ।
विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट अवैध रूपमा गाई र बाछो भारत तर्फ लैजाँदै गरेको अवस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका शेख आबिद आलमलाई पक्राउ गरेको हो।
गाई ८ वटा र एक बाछोसहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारबाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको र मुख्य तस्कर गाई धनी फरार रहेकोले निजको खोज तलास भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण