जितका बाबजुद कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो कोष्टारिका
काठमाडौँ । कोष्टारिका कोपा अमेरिका २०२४ को समूह चरणको अन्तिम खेलमा विजयी भएको छ ।
बुधवार बिहान भएको खेलमा पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै कोष्टारिकाले तालिकामा ४ अंक बनाए पनि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।
कोष्टारिकाको जितमा फ्रान्सिस्को काल्भो र जोसिमर अल्कोसेरले एक एकगोल गर्दा पाराग्वेका रामोन सोसाले एक गोल फर्काए । टेक्ससमा भएको खेलमा कोष्टारिकाले तेस्रो मिनेटमै अग्रता लिएको थियो । काल्भोले जोसेफ मोराको कर्नर पासमा हेडर गोल गर्दै अग्रता दिलाएका थिए ।
सातौँ मिनेटमा कोष्टारिकाले अग्रता दोब्बर बनायो । जेफरसन ब्रेनेसले बक्सबाहिरबाट दिएको पासमा जोसिमरले गोल गरेपछि सुरुमै २–० को अग्रता लियो ।
पहिलो हाफमा २ गोलको अग्रता लिएको कोष्टारिकाले दोस्रो हाफमा गोल थप्न नसके पनि १ गोल खान पुग्यो ।५५ औँ मिनेटमा पाराग्वेका माथियस विलसान्तीले दिएको पासमा रामोन सोसाले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । तर, त्यसपछि लगातार प्रयास गरे पनि पाराग्वले थपगोल गर्न नसक्दा कोस्टारिका विजयी भए पनि अन्तिम ८ मा पुग्न पर्याप्त भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण