अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ
बुधबार, १९ असार २०८१, १३ : ४८
कैलाली । कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १० का ३२ वर्षीय पुरुष, बाजुरा जिल्लाका २१ वर्षीय युवती र कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय एक किशोरी रहेका छन् । पक्राउ परेका सबैको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ ।
पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण