नेप्से सूचकमा सामान्य वृद्धि, कारोबार ५ अर्ब नाघ्यो
काठमाडौँ । मंगलबार सरकार परिवर्तनको हल्लाले एकाएक ४७ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो दिनमा नै सुस्ताएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा ३.७९ अंकले मात्र बढ्दै २१ सय ४.२२ विन्दुमा उक्लिएको हो ।
मंगलबार दिन ४७ अंकमाथिले बढ्दै नेप्से सूचक २१ सयको विन्दुमा अडिएको थियो ।
तथापि, बुधबार कारोबारमा भने उच्चता आउँदै ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । ४७ अंकले सूचक बढेको अघिल्लो दिन ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।
बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।
कुल २४६ कम्पनी मध्ये बुधबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
बुधबार सेन्टरल फाइनान्स कम्पनी र आईसीएफसी फाइनान्सका सेयरधनीले समान १० प्रतिशतले कमाएका छन् भने छिमेकी हाइड्रोपावर कम्पनीका सेयरधनीले ४.७० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण