एकीकृत समाजवादीका शीर्ष नेताहरू सहमति खोज्न रोयल सिंगीमा
काठमाडौँ । नेतृत्वमा सहमति खोज्न एकीकृत समाजवादीका शीर्ष नेताहरू कमलादीस्थित रोयल सिंगी होटलमा छलफलमा जुटेका छन् । चार दिनदेखि जारी सो पार्टीको १० औँ महाधिवेशन अन्तर्गत बुधबार विभिन्न प्रतिवेदनमाथिको छलफल सकेर पारित भएपछि नेताहरू नयाँ नेतृत्व सहमतिमै चयन गर्ने प्रयासस्वरुप छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार छलफलमा माधव नेपाल, झलनाथ खनाल, बेदुराम भुसाल, घनश्याम भुसाल र राजेन्द्र पाण्डेलगायतका नेताहरू सहमति जुटाउन छलफलमा सहभागी छन् ।
अध्यक्ष माधव नेपालसहित अन्य नेताहरूले महाधिवेशनमा पेस गरेको प्रतिवेदन पारित भएसँगै बिहीबार बिहानबाट निर्वाचन प्रक्रिया सुरु गर्ने बताइएको छ । बिहीबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगका प्रमुख माधव पौडेलले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका सवालमा शीर्ष नेताहरू सहमतिमै टुङ्ग्याउने पक्षमा छन् भने महाधिवेशन प्रतिनिधिहरू अध्यक्ष र महासचिवबाहेक अन्य पदमा मतदानमार्फत प्रतिस्पर्धा नै हुनुपर्ने पक्षमा देखिन्छन् । अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पदमा निर्वाचन हुँदा अधिकांश पदाधिकारी हार्ने भएकाले पनि सबै पदमा सहमति गर्नुपर्छ भन्ने एकथरी नेताहरूको जोड छ । तर अध्यक्ष र महासचिव बाहेकका पदमा पनि सहमति गरे विद्रोह गर्ने महाधिवेशन प्रतिनिधिहरूले चेतावनी दिएका छन् ।
महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अंग बनेको आशयको दस्ताबेज पेस गरेका थिए । सो दस्ताबेज सुझावसहित महाधिवेशन हलले पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण