काठमाडौँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित
बिहीबार, २० असार २०८१, ११ : ०१
काठमाडौँ । काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू बताउँछन् ।
देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको छ । ईडीसीडीका अनुसार गत साता (जुन २३ गते) मा १२ सय ६८ जनामा देखिएको डेंगु (जुलाई ३ गते ) १४ सय ३२ जनामा पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण