आइटी आर्मीको आन्दोलन स्थगित गर्न प्रभु साहको निर्देशन
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आइटी आर्मीले वैदेशिक रोजगारको नाममा भइरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित गर्न निर्देशन दिएका छन् । आइटी आर्मी विगत १९ दिनदेखि आन्दोलित छ । आइटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डीपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ ।
पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायत विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै आजपाका अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका हुन् ।
आइटी आर्मीका अध्यक्ष सीबी साहले अध्यक्ष प्रभु साहबाट तत्काल आन्दोलन स्थगन गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । उनकाअनुसार अध्यक्ष साहले देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन् गम्भीर सङ्कटमा परेकोले पार्टीको सिङ्गो पङ्क्ति लोकतन्त्र बचाउनको लागि र तेस्रो जनआन्दोलनको लागि तयार हुनुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन गरिएको हो ।
पार्टी अध्यक्ष साहले देशमा दलीय सिन्डिकेट रहेकोमा अब देशकै दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको निष्कर्ष निकालेका छन् ।
उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिन्डिकेट लाद्न खोजिएकोमा आपत्ति जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण