निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताएका छन् । नयाँ संविधान जारी भएपछि पनि सङ्घीय निजामती सेवा ऐन लामो समयसम्म संशोधन नहुँदा काम अगाडि बढ्न नसकेको उनले स्वीकार गरे ।
विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा मन्त्री जोशीले सङ्घीय निजामती ऐन जारी हुन नसक्दा कर्मचारीको सरुवा–बढुवा तथा अन्य काम कारबाहीमा जटिलता पैदा भएको मन्त्री जोशीको भनाइ छ ।
“धेरैजसो कर्मचारी सङ्घमा बस्न खोज्ने, प्रदेश र स्थानीय तहमा जान नखोज्ने प्रवृत्ति पनि देखिएको छ । त्यसलाई समाधानका लागि सङ्घीय निजामती ऐन नै उपयुक्त विधि हुन्छ । त्यसका लागि मैले हदैसम्मको प्रयत्न गरेको छु”, मन्त्री जोशीले भने । दुई वर्षसम्म कुनै पनि कर्मचारीलाई सरुवा नगर्ने तथा उनीहरूको वृत्ति विकासको व्यवस्था हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण