आन्दोलनको १९ दिनपछि मन्त्रालयले भन्यो–क्रसर व्यवसायीको माग तत्काल पूरा हुँदैन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्रसर व्यवसायीको माग तत्काल पूरा हुन नसक्ने स्पष्ट पारेको छ । क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर तथा खानी उद्योगको नवीकरण सम्बन्धी विभिन्न माग राखी असार १ गतेदेखि प्रदर्शन गर्दै आएकामा बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार प्राकृतिक स्रोतको बाँडफाँट र उपयोगका साथै निर्माणजन्य सामग्रीको उपयोग र व्यवस्थापनमा देखिएका समस्या सम्बोधन गर्ने प्रयोजनार्थ निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संसदमा दर्ता भइसकेको छ ।
उक्त विधेयकमा हालसम्म नवीकरण हुन नसकेका क्रसर उद्योगको नवीकरण सम्बन्धी व्यवस्था गर्नुका साथै निर्माणजन्य सामग्रीको उत्खनन, व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था समेत गरिएको छ ।
तर, उक्त विधेयक संसदबाट पारित हुन ढिलाइ भएको र पारित भएपछिमात्रै सबै विषय सम्बोधन हुने मन्त्रालयको भनाइ छ ।
यस्तै विधेयक पारित गराउन आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयले हालको विरोध प्रदर्शन फिर्ता लिन क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण