जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो, कागजात उपलब्ध गराउन पत्राचार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति बनाएको छ ।
निगमले आफ्नो ए३२० वायुयानको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएको थियो भने ए३३० को ३ सी चेकका लागि इटाली पठाएको थियो । सो सम्बन्धमा प्रश्न उठेपछि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी मन्त्रीस्तरीय बैठकबाट मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरन्त मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिमा प्राधिकरणका अर्का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल, चार्टर्ड एकाउन्टेन्ट, कानुनविज्ञ सदस्य छन् भने मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराई सदस्य सचिव छन् ।
मंगलबार छानबिन समिति गठन भएलगत्तै बिहीबार समितिले निगमका कार्यकारी अध्यक्षलाई सम्बोधन गरेर आवश्यक कागजात र विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
पत्रमा भनिएको छ, ‘उपरोक्त छानबिन कार्यका सम्बन्धमा देहायका कागजात तथा विवरणहरू, पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र समितिलाई उपलब्ध गराइ सहयोग गरिदिनहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण