आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताएका छन् । बिहीवार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् ।
मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताए । उनले सो निगमलाई संचालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भिर ढंगले छलफल गरिरहेको बताए ।
मन्त्री तामाङले भने, ‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरु भित्रिने छन । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ । नेपाल वायुसेवा निगम भित्र देखिएको अनियमितताबारे छानविन समिति हिजो गठन गरिएको छ । यसमा निजी क्षेत्रलाई समेटने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ ।’
मन्त्री तामाङले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल संचालनका लागि आफूले सक्दो पहल गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण