वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीसँग लाखौँ रुपैयाँ ठगी

काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उनीहरूमाथि आरोप छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय जीवन कडरिया र रामेछाप घर भएका ४६ वर्षीय चुडाबहादुर खड्का रहेका छन् । उनीहरूको ठगीबारे वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । जीवन कडरियाले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको मैतीदेवीबाट पक्राउ गरेको हो । त्यस्तै, चुडाबहादुर खड्काले तीन जना पीडितलाई दक्षिण कोरिया पठाइदिन्छु भनेर १७ लाख रुपैयाँ उठाएर फरार भएका थिए ।
उनलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । दुवैलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना
-
रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता