वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीसँग लाखौँ रुपैयाँ ठगी
काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उनीहरूमाथि आरोप छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय जीवन कडरिया र रामेछाप घर भएका ४६ वर्षीय चुडाबहादुर खड्का रहेका छन् । उनीहरूको ठगीबारे वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । जीवन कडरियाले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको मैतीदेवीबाट पक्राउ गरेको हो । त्यस्तै, चुडाबहादुर खड्काले तीन जना पीडितलाई दक्षिण कोरिया पठाइदिन्छु भनेर १७ लाख रुपैयाँ उठाएर फरार भएका थिए ।
उनलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । दुवैलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण