मुकुल ढकालको प्रतिवेदनमार्फत रवि लामिछानेलाई जनताका १० प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातदिने निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले जनस्तरबाट सभापतिमाथि नै पहिलोपटक प्रश्न उठेको बताएका छन् । ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको आफ्नो प्रतिवेदनमा ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ भन्दै जनताले उठाएका १० प्रतिनिधिमूलक प्रश्न समेटेका छन् ।
सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबबसेको ?’, सभापतिमाथि उठेको प्रश्न भन्दै पहिलो बुँदामा उनले उल्लेख गरेका छन् ।
यस्तै जीबी राईलाई समात्ने विषयमा रविले दिएको अभिव्यक्तिमा पनि प्रश्न उठाइएको छ । ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’, जनताको प्रश्न स्मरण प्रतिवेदनमार्फत गराइएको छ ।
यस्तै सभापतिलाई भेट्न समस्या भएको, सभापतिको सचिवालयमा मृदुभाषी नभएको, पार्टीमा ग्यालेक्सीको टिम धेरै भएको, सरकारमा गएपनि सचेअनुरुप फाइल नखोलिएको, सभापतिमा त्यागको भावना नभएकोलगायतको प्रश्न उठाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण