यातायात व्यवसायीले गाडी ग्यारेजमा थन्काएपछि सर्वसाधारणको विचल्ली (फोटो)
शुक्रबार, २१ वैशाख २०७५, १० : ०९
काठमाडौँ । यातायात क्षेत्रमा सिन्डिकेट तोड्ने सरकारले बताइरहँदा यातायात व्यवसायीहरुले आज सार्वजनिक यातायात ठप्प पारेका छन् ।
विभिन्न मागसहित सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले आज आ–आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्काएका हुन् ।
सडकमा सार्वजनिक यातायात नचलेपछि राजधानीमा आफ्नो नियमित काममा निस्केका सर्वसाधारणहरु अलपत्र परेका छन् ।
यातायात व्यवसायीको आन्दोलनको बीचमा साझा यातायात लगायतले भने सेवा जारी राखेका छन् ।
संयुक्त आन्दोलन परिचालन समितिले वैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु आन्दोलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण