सन्दीपले अब लाफ्टर फर लाइफ मार्फत हँसाउने
काठमाडौँ । भनिन्छ, हाँसो एक उत्तम औषधि हो । यही सिद्धान्तलाई आत्मसात् गर्दै कमेडीयन सन्दीप क्षेत्रीले ‘लाफ्टर फर लाइफ विद सन्दीप क्षेत्री’ कार्यक्रम गर्ने भएका छन् । झम्सिखेल अवस्थित मोक्षमा आयोजना हुने कार्यक्रममा दर्शकले केही फरक कमेडीको मज्जा दिन सक्ने सन्दीपले बताए ।
‘अहिले हामीले ६ वटा शोको तयारी गरेका छौं’ सन्दीप भन्छन्, ‘हरेक शोमा फरक फरक पेसा–व्यवसायका मान्छेहरूलाई आमन्त्रण गर्नेछौँ ।’ जस्तो, एउटा शोमा शिक्षकहरु आमन्त्रित हुनेछन् भने अर्कोमा चिकित्सकहरू । एउटै पेसा व्यवसायमा आबद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरूको जीवन भोगाइसँग सम्बन्धित सामाग्री फस्कँदा त्यो बढी प्रभावकारी हुने उनको विश्वास छ ।
‘निश्चित पेसा व्यवसायका दर्शक छन् भने उनीहरूलाई लक्षित गरेर आफ्नो प्रस्तुति दिन पाइन्छ’ सन्दीप भन्छन्, ‘यसले उनीहरूलाई बढी स्पर्श गर्छ ।’ कार्यक्रममा दर्शकलाई डिजिटल आमन्त्रण गरिने उनले बताए । कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय भनेको ‘गुणको बदला गुण तिरेजस्तै’ भएको उनी बताउँछन् ।
‘मलाई आज सन्दीप क्षेत्री बनाउने उनीहरू नै हुन्’ उनी भन्छन्, ‘त्यसको बदलामा मैले पनि केही त गर्नुपर्छ भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो ।’
झम्सिखेलस्थित मोक्ष बारमा अर्को सप्ताहन्तदेखि मासिक रूपमा यो कार्यक्रम हुने सन्दीपले जानकारी दिए । कार्यक्रममा सन्दीपले एक घण्टासम्म एकल प्रस्तुति दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण