नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : कोइराला
शुक्रबार, २१ असार २०८१, १६ : ३३
१
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले संविधानलाई सबैले मान्नुपर्ने समेत बताए ।
कोइरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठुला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए । नेता कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका सङ्कल्पलाई ध्यानमा राखेर कांग्रेस अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण