कृषिमा फट्को मार्न ‘एग्री–विजनेश’मा जोड
काठमाडौँ । कृषि क्षेत्रमा फट्को मार्न ‘एग्री–विजनेश’ मा जोड दिन विज्ञहरूले सुझाएका छन् । ‘कृषि क्षेत्रको रूपान्तरण’ एक दिने सम्मेलनमा नेपालको कृषिलाई रुपान्तरण गर्न बजारीकरण, युवालाई आकर्षण, कृषिमा आधुनिकता, पोषणयुक्त अन्न उत्पादन, बढी मूल्य भएका कृषि वस्तु उत्पादन गरी उद्योगसँग जोड्नुपर्नेमा उनीरूले जोड दिएका हुन् ।
पूर्वकृषि सचिव डा. गणेश जोशीले कृषि रुपान्तरणका लागि व्यावसायिक रूपमा जानुपर्ने बताए । ‘निर्वाहमुखी र फार्म केन्द्रित कृषि प्रणालीबाट व्यावसायिक र गैरफार्ममा जाने प्रणाली नै कृषिको रुपान्तरण प्रक्रिया भन्न सकिन्छ,’ उनले भने, ‘त्यसकारण हामी फार्म सेन्टरबाट मार्केट सेन्टर अफ फार्र्मसेन्टर, निर्वाहमुखीबाट व्यावसायीकरणमा जाने प्रक्रिया रुपान्तरण हो ।’
पूर्वकृषि सचिव जोशीका अनुसार कृषि रुपान्तरणको परिणामले खाद्य सुरक्षा र गरिबी निवारणमा योगदान गरेमा र आर्थिक, सामाजिक रूपमा विपन्न वर्गमा यो रुपान्तरण पुगेमा समावेशिताको सूचकाङ्क मान्न सकिन्छ ।
‘खासगरी हाम्रोजस्तो मुलुकमा कृषि क्षेत्रमा वृद्धि हुनु भनेको २ देखि ३ गुणा गरिबी घटाउन प्रभावकारी हुन्छ भनेर अध्ययनले देखाएको छ,’ डा. जोशीले भने ।
जोशीका अनुुसार कृषि रुपान्तरणमा प्रविधिको योगदान वृद्धि (सन् १९८४ देखि २०१४) तीस वर्षमा १ प्रतिशतमात्रै छ । यसको अर्थ नेपालको कृषिमा तीस वर्षमा प्रविधिको योगदान ३० प्रतिशत मात्रै देखिन्छ ।
कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनले रैथाने कृषि हराएको अवस्थाका साथै जलवायुसँग सम्बन्धित समस्या पनि कृषिमा देखिएको बताए । ‘हाम्रो आधा जाति रैथाने कृषि हराएको अवस्था छ,’ उनले भने, ‘यसका साथै जलवायुसँग सम्बन्धित समस्या पनि कृषिमा देखिएको छ ।’
अनुसन्धानमा १ डलर लगानी गर्दा १० डलर रिटर्न
कृषि क्षेत्रको सुधार गर्ने मुख्य आधार अनुसन्धान हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण देखिएको कृषि सम्बन्धी समस्या समाधान गर्न, युवालाई अकर्षण गर्न, कृषिमा प्रविधि लागु गर्न लगायत विभिन्न विषयलाई अनुसन्धानले नै समेट्छ । डा. गौचनका अनुसार नेपालले ०.१ प्रतिशत मात्रै कृषि अनुसन्धानमा लगानी गरेको छ । लगानी कम भएकाले बढाउनु पर्नेमा उनले जोड दिए । विश्वव्यापी मान्यता अनुसार अनुसन्धानमा एक डलर लगानी गरेमा १० डलर ‘रिटर्न’ आउने उनले सुनाए ।
‘एरिया र प्रोड्क्शन बढ्यो तर प्रोडक्टिभिटी खासै बढेन,’ उनले भने, ‘प्रोडक्टिभिटी बढाउन टेक्नोलोजीको इनोभेसन र इन्भेस्टमेन्ट आवश्यक छ ।’
स्वास्थ्य र सुरक्षित खानाका लागि आफैँले उत्पादन गर्नुपर्ने
कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनले वार्षिक रूपमा खाद्य वस्तुको आयात बढ्दो रहेकाले अर्थतन्त्र, खाद्य सुरक्षामा असर पर्ने बताए । अर्थतन्त्र, खाद्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य र सुरक्षित खानाका लागि आफैँले कृषि उत्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
रैथाने बाली आधा मसिए पनि बाँकी रहेका रैथाने बालीवस्तुको उत्पादनमा जोड दिन सके पोषणयुक्त खाना र बजार मूल्य समेत बढी पाइने डा. गौचनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण