ऋतिककी पूर्वपत्नी सुजैनको दोस्रो विवाहबारे के भन्छिन् आमा ?
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान लामो समयदेखि अभिनेता अर्सलान गोनीसँग डेट गरिरहेकी छिन् । उनकी आमा जरिन खानले पहिलो पटक एक अन्तर्वार्तामा छोरीको प्रेम जीवनको बारेमा कुरा गरेकी छिन् ।
उनले सुजैनका पूर्व पति ऋतिकसँगको सम्बन्धको बारेमा पनि खुलासा गरेकी छिन् । टाइम्स इन्टरटेनमेन्टलाई दिएको अन्तर्वार्तामा जरिनले ऋतिकसँगको सम्बन्धविच्छेदपछि आफ्नी छोरी सुजैनले अर्सलानमा आफ्नो पार्टनर पाएकोमा आफू खुसी भएको बताइन् ।
जब जरिनलाई सुजैन र अर्सलानले बिहे गर्लान् भनेर प्रश्न गरियो, उनले भनिन्, ’विवाह नै जीवनमा सबै कुरा होइन।’ हलिउड जोडी गोल्डी हन र कर्ट रसेलको उदाहरण दिँदै उनले दुवै वर्षौँदेखि सम्बन्धमा रहेको र खुसी रहेको बताइन् ।
जरिनले थप भनिन्, ‘आजको जीवनमा तपाईं कसैसँग खुसी हुनुहुन्छ भने तपाईं भाग्यशाली हुनुहुन्छ । अहिले बिहे गरेर बस्ने चलन समाप्त भएको छ । अर्सलान र सुजैन खुसी छन् र आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेका छन्।'
जरिनले सुजैनका पूर्वपति ऋतिकको बारेमा भनिन्, ‘म उनलाई मेरो छोरा मान्छु र सधैँ सम्झिरहनेछु । उनी र मेरी छोरी सँगै नहुन सक्छन् तर उनीहरू एक अर्कालाई असल साथी मान्दछन् । दुवैले आफ्ना छोराछोरीमा असल संस्कार सिकाएर उत्कृष्ट पालनपोषण गरिरहेका छन् ।’
ऋतिकले सन् २००० मा सुजैन खानसँग विवाह गरेका थिए । दुवैले सन् २०१४ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए । रिहान र ऋधान सुजैन र ऋतिकका छोराहरू हुन् । सम्बन्धविच्छेदपछि सुजैनले दुवै छोराको जिम्मा पाएकी थिइन् ।
बेलाबेलामा दुवै जना छोराछोरीसँग समय बिताउन छुट्टीमा पनि जान्छन् । सम्बन्धविच्छेद भएको केही वर्षपछि सुजैनले अर्सलान गोनीसँग डेट गर्न थालेकी थिइन् । ऋतिक अभिनेत्री सबा आजादसँग सम्बन्धमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनलाई डा. सीके राउतले भने– यो क्रान्तिको महोत्सव पनि हो
-
हामी पुरानो पुस्तासँग लड्न होइन, राजनीतिक संस्कार सिकाउन आएका हौँ : डा.वाग्ले
-
ब्राजिलका राष्ट्रपतिले नेयमारलाई ‘वर्क फ्रम होम’ खेलाडी भनेपछि...
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण